उपदेशक 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 सूर्यमुनि गरिने सबै कामलाई विचार गरेर हेर्दा मैले यी सबै देखेँ। यस्तो एक समय हुन्छ, अर्कोमाथि कठोर शासन गर्ने मानिसले आफ्नै हानि गर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 सूर्यमुनि गरिएका सबै कुराहरूलाई मैले मन लगाएर हेर्दा यी सबै कुरा देखें। अरूमाथि प्रभुत्व गरेर आफैलाई हानि हुने एउटा समय छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 यस संसारमा भइरहेका कामहरूमाथि विचार गर्दा मैले यी सबै देखें। संसारमा कति मानिसहरूका हातमा अधिकार हुन्छ र तिनीहरूका हातमा अरू मानिसहरूले कष्ट भोग गर्नुपर्दछ। See the chapterपवित्र बाइबल9 मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा सङ्घर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्। See the chapter |