21 तर आब मोशाका कानुनको सब नियम पालन नअरिबर परमेश्वर बठेइ आउन्या धार्मिकता प्रकट होइरइछ। यो मोशाको कानुन रे अगमबक्ताका किताबमी पइल्ली लेख्या छ कि हाम कसेरी परमेश्वर बठेइ धर्मि बनाइया छु।