यर्मिया 2:37 - सरल नेपाली पवित्र बाइबल37 लाजले टाउको निहुराएर तँ मिश्रबाट फर्कनेछस्। तैँले भरोसा राखेकाहरूलाई म परमप्रभुले इन्कार गरेको छु, तिनीहरूबाट तँलाई केही लाभ हुनेछैन।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण37 शिरमा हात राखेर तैंले त्यो ठाउँ पनि छोड्नुपर्नेछ। तैंले भरोसा गरेकाहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ। तैंले उनीहरूबाट केही सहायता पाउनेछैनस्।” Se kapitletपवित्र बाइबल37 यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्नु भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तैँले त्यो ठाउँलाई पनि आफ्ना हात आफ्नै थाप्लोमा राखेर छाड्नेछस्; किनकि तैँले भरोसा राखेकाहरूलाई याहवेहले त्याग्नुभएको छ; तैँले तिनीहरूबाट सहायता पाउनेछैनस्। Se kapitlet |