उपदेशक 9:2 - सरल नेपाली पवित्र बाइबल2 त्यसले केही फरक पार्दैन। धर्मी र अधर्मी, असल र खराब, शुद्ध र अशुद्ध बलिदान चढाउने र नचढाउने सबैको भाग्य एउटै हो। पापीलाई भन्दा असल मानिसलाई केही कुरामा लाभ हुँदैन, भाकल गर्ने मानिसलाई नगर्नेलाई भन्दा केही भलाइ हुँदैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 किनभने धर्मात्मा र दुष्ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्य अन्त्यका साझेदार हुन्छन्। असल मानिसलाई झैँ पापीलाई पनि हुन्छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्छ। Se kapitletपवित्र बाइबल2 तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, मृत्यु दुष्ट मानिसलाई पनि आउँछ, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि मृत्यु आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ। Se kapitlet |