Online Bibel

- Annoncer -




लेवीहरू 26:36 - नेपाली नयाँ संशोधित संस्करण

36 “‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्‍दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्‍नेछन्‌ र विनाकारण लोट्‌नेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

36 “तिमीहरूमध्‍ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्‍याउनेछु कि पात उडेको आवाज सुन्‍दा पनि तिनीहरू भाग्‍नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्‍नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्‍नेछौ।

Se kapitlet Kopi

पवित्र बाइबल

36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।

Se kapitlet Kopi




लेवीहरू 26:36

Følg os:

Annoncer


Annoncer