Online Bibel

- Annoncer -




लेवीहरू 26:13 - नेपाली नयाँ संशोधित संस्करण

13 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्‌ने तुल्‍याएको छु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 म परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू कमारा-कमारी हुनुनपरोस् भनेर मिश्रबाट तिमीहरूलाई निकाली ल्‍याएँ। तिमीहरूलाई भरिया बनाउने शक्तिलाई मैले तोडिदिएँ र तिमीहरूलाई शिर ठाडो गरी हिँड्‍ने तुल्‍याएँ।”

Se kapitlet Kopi

पवित्र बाइबल

13 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।

Se kapitlet Kopi




लेवीहरू 26:13

Følg os:

Annoncer


Annoncer