Online Bibel

- Annoncer -




यर्मिया 3:19 - नेपाली नयाँ संशोधित संस्करण

19 “म आफैले भनें, ‘कति खुशीसित आफ्‍ना छोराहरूजस्‍तै तिमीहरूसँग व्‍यवहार गर्नेथिएँ र एउटा सुन्‍दर देश, जातिहरूमा सबैभन्‍दा मनपर्दो पैतृक-सम्‍पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभु भन्‍नुहुन्‍छ, “ए इस्राएल, मैले तँलाई आफ्‍नो छोरो बनाउन र एउटा सुखमय देश, संसारको सबैभन्दा सुन्‍दर देश दिन चाहन्‍थें, तैँले मलाई पिता भनी पुकारेको र मलाई कहिल्‍यै नछोडेको चाहन्‍थें।

Se kapitlet Kopi

पवित्र बाइबल

19-20 यो सन्देश परमप्रभुबाट आएको हो: “म तिमीहरूलाई आफ्नै नानीहरूलाई झैं व्यवहार गर्नु चाहन्छु। म तिमीहरूलाई अन्य जातिहरू भन्दा पनि अझ राम्रो भूमि दिन चाहन्छु। तिमीहरूले मलाई ‘पिता’ भन्नेछौ अनि सधैँ मेरो अनुशरण गर्नेछौ। तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “म याहवेह आफैँले भनेको हुँ, “ ‘म कति खुशीसाथ तिमीहरूलाई मेरो छोराछोरीहरूजस्तै व्यवहार गर्नेथिएँ; अनि तिमीहरूलाई अति असल देश, मेरो राष्ट्रमा सबैभन्दा सुन्दर उत्तराधिकार दिनेथिएँ।’ तिमीहरूले मलाई ‘पिता’ भनी बोलाउनेछौ, र मलाई पछ्याउन छोड्नेछैनौ भनी सोचेको थिएँ।

Se kapitlet Kopi




यर्मिया 3:19

Følg os:

Annoncer


Annoncer