यर्मिया 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 मैले तिमीहरूलाई एउटा मलिलो देशमा, त्यसका फलहरू र असल-असल कुराहरू तिमीहरूले खान भनी ल्याएँ। तर जब तिमीहरू आयौ तब तिमीहरूले मेरो देश बिटुलो पार्यौ, र मेरो उत्तराधिकारलाई घृणित तुल्यायौ। Se kapitletसरल नेपाली पवित्र बाइबल7 मैले तिनीहरूलाई एउटा मलिलो भूमिमा त्यसका अन्नबाली र अरू असल-असल कुराहरू खाऊन् भनी ल्याएँ। तर त्यसका सट्टामा तिनीहरूले मेरो भूमिलाई बिटुलो पारे र मैले तिनीहरूलाई दिएको देश अशुद्ध बनाए। Se kapitletपवित्र बाइबल7 परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले भरिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मैले तिमीहरूलाई मलिलो देशमा त्यसका फलहरू र असल उब्जनी खानका निम्ति ल्याएँ। तर तिमीहरू आयौ र मेरो देशलाई अशुद्ध पार्यौ; अनि मेरो उत्तराधिकारलाई घृणित बनायौ। Se kapitlet |