यर्मिया 2:30 - नेपाली नयाँ संशोधित संस्करण30 “तिमीहरूका मानिसहरूलाई मैले व्यर्थमा दण्ड दिएँ। सुधार्ने मेरो शिक्षा तिनीहरूले ग्रहण गरेनन्। निलिहाल्ने सिंहले झैँ तिमीहरूका अगमवक्ताहरूलाई तिमीहरूले तरवारले नाश गरेका छौ। Se kapitletसरल नेपाली पवित्र बाइबल30 मैले तिमीहरूलाई दण्ड दिएँ तर त्यसको केही लाभ भएन, तिमीहरूले मेरो दण्डबाट केही शिक्षा लिएनौ। रिसले आगो भएको सिंहले झैँ तिमीहरूले आफ्ना अगमवक्ताहरूको हत्या गर्यौ। Se kapitletपवित्र बाइबल30 “मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो, कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए, तिनीहरूलाई तिमीहरूले तरवारले काट्यौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “मैले व्यर्थैमा तिम्रा मानिसहरूलाई दण्ड दिएँ; किनकि तिनीहरूले सुध्रिन मानेनन्। तिमीहरूका तरवारले तिमीहरूका अगमवक्ताहरूलाई निलिहाल्ने शिकारी सिंहले जस्तै नाश गरेका छौ। Se kapitlet |