यर्मिया 16:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनकि परमप्रभु यसो भन्नुहुन्छ: “मृत्यु भएको घरमा मृत्यु-भोज खान नपस्, अथवा शोक गर्न वा सहानुभूति प्रकट गर्न त्यहाँ नजा, किनभने मैले यस जातिदेखि मेरो आशिष्, प्रेम र दया उठाइलगेको छु,” परमप्रभु भन्नुहुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल5 “रुवावासी भएको घरमा तँ नपस्नू। कसैको निम्ति विलाप नगर्नू। अब उसो कहिल्यै म मेरा प्रजामाथि शान्तिको आशिष् बर्साउनेछैनँ, नत प्रेम र कृपा नै देखाउनेछु। Se kapitletपवित्र बाइबल5 यसर्थ परमप्रभु भन्नुहुन्छ, “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशीर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि याहवेह यसो भन्नुहुन्छ: “मृत्यु भएको घरमा भोज खान नजा; अथवा शोक गर्न र सहानुभूति प्रकट गर्न पनि नजा; किनकि मैले यस जातिबाट मेरो आशिष्, मेरो प्रेम र मेरो दया फिर्ता लिइसकेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। Se kapitlet |