यर्मिया 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि ‘हामी कहाँ जाऔं?’ भनेर यदि तिनीहरूले तँलाई सोधे भने, तैंले तिनीहरूलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मृत्युको लागि लेखिएका भए मृत्युमा नै, तरवारले मारिनेहरू तरवारतिरै जाऊन्, भोकले मर्नेहरू भोकले नै मरून्, कैदमा लगिनेहरू कैदमा नै जाऊन्।’ Se kapitletसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले तँलाई ‘हामी कता जाऔं’ भनी सोधे भने तिनीहरूलाई मबाट मैले यसो भनेको छु भनी भन्, ‘जो-जो रुढीमा मारिनेछन्, तिनीहरू रुढीतिर जाओ! जो-जो लडाइँमा मारिनेछन्, तिनीहरू लडाइँतिर जाऊन्! जो-जो भोकले मर्नेछन्, तिनीहरू अनिकालतिरै जाऊन्! र जो-जो कैदमा लगिनेछन्, तिनीहरू कैदतिरै जाऊन्!’ Se kapitletपवित्र बाइबल2 ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ: “‘मैले कसैलाई मर्नको लागी छानेको छु, ती मर्नु पर्नेहरू मरून्, जसलाई मैले तरवारले मारिन छानेको छु, तिनीहरू तरवारले नै मारिउन, अनिकालमा पर्नु पर्नेहरू अनिकालमा नै परून्, अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि यदि तिनीहरूले तँलाई यसो भनेर सोधे भने, ‘हामी कता जाऔँ?’ तिनीहरूलाई भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: “ ‘मृत्युका निम्ति ठहराइएकाहरू मृत्युमा जाऊन्; तरवारका निम्ति ठहराइएकाहरू तरवारमा जाऊन्; अनिकालका निम्ति ठहराइएकाहरू, अनिकालमा जाऊन्; कैदका निम्ति ठहराइएकाहरू, कैदमा नै जाऊन्।’ ” Se kapitlet |