यर्मिया 14:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसका भारदारहरू आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्। तिनीहरू कूवामा जान्छन्, तर पानी पाउँदैनन्। तिनीहरू आफ्ना भाँड़ाहरू रित्तै लिएर फर्कन्छन्। तिनीहरू हरेस खाएर र आत्तिएर आफ्ना टाउका ढाक्छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल3 धनीहरूले आफ्ना चाकरहरूलाई पानी भर्न पठाउँछन्। तिनीहरू पोखरीमा जान्छन् तर पानी पाउँदैनन्; तिनीहरू रित्तै भाँडा लिएर फर्कीआउँछन्। तिनीहरू निराश भई अलमल्ल परेर आफ्ना मुख लुकाउँछन्। Se kapitletपवित्र बाइबल3 मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 कुलिन मानिसहरूले आफ्ना नोकरहरूलाई पानी लिन पठाउँछन्; तिनीहरू कुवामा जान्छन्, तर पानी भेट्टाउँदैनन्। तिनीहरू आफ्ना गाग्राहरू रित्तै लिएर, लज्जित र हतोत्साहित भएर, आफ्ना शिरहरू ढाकेर फर्कन्छन्। Se kapitlet |