यर्मिया 11:17 - नेपाली नयाँ संशोधित संस्करण17 सर्वशक्तिमान् परमप्रभु, जसले तिमीहरूलाई रोप्नुभयो, उहाँले तिमीहरूमाथि विपत्ति ल्याउनलाई फैसला गर्नुभएको छ। किनभने इस्राएलका घराना र यहूदाका घरानाले दुष्ट काम गरेका छन्, र बाल देवताको निम्ति धूप चढ़ाएर मलाई रीस उठाएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल17 “म सर्वशक्तिमान् परमप्रभुले इस्राएल र यहूदालाई रोपेको थिएँ तर अब मैले तिनीहरूमाथि विपत्ति ल्याउने फैसला गरेको छु। दुष्ट काम गरेर यो विपत्ति तिनीहरूले आफूमाथि ल्याएका हुन्। बाल-देवतालाई धूप बालेर तिनीहरूले मलाई रिस उठाएका छन्।” Se kapitletपवित्र बाइबल17 सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सेनाहरूका याहवेह, जसले तँलाई रोप्नुभयो, उहाँले तेरो विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ; किनकि इस्राएल र यहूदाका मानिसहरूले बाल-देवतालाई धूपहरू बालेर दुष्ट काम गरेका छन् र मलाई रिस उठाएका छन्। Se kapitlet |