२ थेसलोनिकी 1:10 - नेपाली नयाँ संशोधित संस्करण10 जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ। Se kapitletसरल नेपाली पवित्र बाइबल10 यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्छन्। त्यस दिन प्रभु येशूले आफ्ना पवित्र जनहरूबाट र सबै विश्वासीहरूबाट आदर र स्तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्यायौ। Se kapitletपवित्र बाइबल10 यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू ज-जसले विश्वस गर्छन् येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किनकि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्वास गर्यो। Se kapitlet |