२ शमूएल 3:18 - नेपाली नयाँ संशोधित संस्करण18 अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाऊदको विषयमा परमप्रभुको वचन यो छ, ‘मेरो दास दाऊदको हातबाट नै मेरो प्रजा इस्राएललाई पलिश्तीहरूबाट र तिनीहरूका सबै शत्रुहरूबाट बचाउनेछु’।” Se kapitletसरल नेपाली पवित्र बाइबल18 अब मौका यही हो। स्मरण गर्नुहोस् कि परमप्रभुले यसरी भन्नुभएको छ, ‘मेरा प्रजा इस्राएललाई पलिश्तीहरू र अन्य शत्रुहरूबाट बचाउन म मेरो सेवक दाऊदलाई चलाउनेछु।” Se kapitletपवित्र बाइबल18 अब त्यो काम गर। परमप्रभुले दाऊदका सम्बन्धमा भन्नुभएको छ, ‘म मेरा इस्राएलका मानिसहरूलाई पलिश्ती र अन्य अरू शत्रुहरूबाट बचाउने छु। म यो काम मेरो सेवक दाऊदलाई लगाएर गर्नेछु।’” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ” Se kapitlet |