२ इतिहास 7:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई पवित्र गरे। त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढ़ाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 सोलोमनले मन्दिरको सामुन्नेमा चोकको बीच भागलाई अर्पण गरे र त्यहाँ होमबलि, अन्नबलि र मेलबलिका बोसोबलि चढाए। तिनले बनाएका काँसाको वेदी सबै बलि चढाउन सानो हुनाले तिनले त्यसो गरे। Se kapitletपवित्र बाइबल7 सुलेमानले आँगनको मध्य भाग पवित्र बनाए। त्यो आँगन परमप्रभुको मन्दिरको सामुन्ने थियो। त्यो त्यही स्थान हो जहाँ सुलेमानले होमबलि अनि मेल बलिको बोसो अर्पण गरे। सुलेमानले आँगनको मध्य अंश प्रयोग गरे किनभने तिनले निर्माण गरेको काँसाको वेदीमा सबै होमबलि, अन्नबलि अनि बोसोहरू अँटाउन सकेन। त्यस्ता भेटीहरू अनेक थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 सोलोमनले याहवेहको मन्दिरको सामु भएको चोकको बीच भागलाई पवित्र गरे; अनि त्यहाँ होमबलि र मेलबलिहरूका बोसो चढाए; किनकि तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोको भाग अटाएनन्। Se kapitlet |