गन्ती 1:20 - पवित्र बाइबल20 तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस बर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। Se kapitletसरल नेपाली पवित्र बाइबल20-46 बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक पुरुषहरूको नाम तिनका परिवार-परिवार र गोत्र-गोत्रअनुसार लेखिए। त्यसको सुरु याकूबका जेठा छोरा रूबेनको कुलबाट भएको थियो। तिनीहरूका सङ्ख्या यस्ता थिए: कुल सङ्ख्या रूबेन ४६,५०० शिमियोन ५९,३०० गाद ४५,६५० यहूदा ७४,६०० इस्साखार ५४,४०० जबूलून ५७,४०० एफ्राइम ४०,५०० मनश्शे ३२,२०० बेन्यामीन ३५,४०० दान ६२,७०० आशेर ४१,५०० नप्ताली ५३,४०० जम्मा ६,०३,५५०। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो। Se kapitlet |