Online Bibel

- Annoncer -




मलाकीको पुस्तक 1:13 - पवित्र बाइबल

13 अनि तिमीहरू त्यो टेवलबाट भोजन लिन मन पराउँदैनौ तिमीहरूले त्यो खाने कुरा सुँघ्छौ तर खान अस्वीकार गर्छौ। तिमीहरू भन्छौ ‘यो राम्रो छैन। तर यो साँच्चो हैन।’ तब तिमीहरूले रोगी, खोरण्डा अनि चोट लागेका पशुहरू मेरो निम्ति ल्याउँछौ। तिमीहरूले रोगी पशुहरू मलाई बलिदान दिने चेष्टा गर्छौ। तर म ती रोगी पशुहरू स्वीकार गर्दिनँ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 अनि तिमीहरू यसो भन्‍दछौ, ‘यो त कस्‍तो दिक्‍क लाग्‍ने काम हो, अनि त्‍यसप्रति हेलासाथ नाक चेप्‍र्याउँछौ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “जब तिमीहरूले चोट लागेका, खोरन्‍डा र बेथा लागेका पशुहरूलाई बलिको रूपमा चढ़ाउँछौ त, के तिमीहरूका हातबाट यस्‍ता भेटीहरू मैले ग्रहण गर्ने?” परमप्रभु भन्‍नुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरू भन्‍छौ, ‘हामीलाई यी सबै दिक्‍क लागिसक्‍यो’ र आफ्‍ना नाक खुम्‍च्‍याउँछौ। चोरेका वा लङ्गडा वा बिरामी पशु भेटी चढाउन ल्‍याउँछौ। के ती भेटीहरू म ग्रहण गर्छु भनी तिमीहरू ठान्‍दछौ?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि तिमीहरू भन्दछौ, ‘यो कस्तो दिक्‍क लाग्दो काम!’ अनि मलाई हेला गरेर तिमीहरूले नाक खुम्च्याउछौ,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “जब तिमीहरू चोट लागेका, लङ्गडा वा रोगी पशुहरू ल्याएर मलाई बलि चढाउँछौ, तब के मैले तिमीहरूका हातबाट यस्ता बलिहरूलाई ग्रहण गरूँ?” सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Se kapitlet Kopi




मलाकीको पुस्तक 1:13

Følg os:

Annoncer


Annoncer