लेवीहरू 6:18 - पवित्र बाइबल18 परमप्रभुको अन्नबलिबाट हारूनको पुरूष सन्तानहरू मध्ये कसैले खानु सक्छ। यो नियम तिम्रो सन्तानहरूको निम्ति सधैँको लागि हो। यी भेटीहरू छोएर नै कोही पवित्र हुन्छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण18 हारूनका सन्तानमा कुनै पनि पुरुषले त्यो खान सक्छ। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूबाट तिनीहरूका सारा पुस्ताभरि यो तिनीहरूको हिस्सा होस्। त्यसलाई छोएको सबै थोक पवित्र हुन्छ’।” Se kapitletसरल नेपाली पवित्र बाइबल18 त्यो सधैँभरि हारूनका सन्तानको कुनै पनि पुरुषले खानेछ। त्यो परमप्रभुलाई चढाएको भोजनबाट तिनीहरूले पाइरहने हिस्सा हो। अरू कसैले अन्नबलि छोयो भने त्यसको पवित्रताको शक्तिले त्यसलाई पिर्नेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।’ ” Se kapitlet |