लेवीहरू 5:11 - पवित्र बाइबल11 “यदि कुनै मानिसले दुइवटा ढुकुरहरू अथवा दुइवटा परेवाहरू किन्न सक्दैन भने। भने तब उसले आफ्नो पापबाट मुक्ति पाउनलाई आठ बटुको मिहिन पीठो चढाउनु पर्छ। उसले पीठोसित तेल मिसाउनु हुदैन अनि कुनै सुगन्धित धूप पनि त्यसमा मिसाउनु हुँदैन किनभने त्यो भेटी पापबलिको निम्ति हुनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 “‘तर दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा ल्याउने पनि त्यसको औकात पुग्दैन भने, त्यसले जे कुरामा पाप गरेको हो, त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाथी मसिनो पीठो पापबलिको लागि ल्याओस्। त्यसले त्यसमा तेल वा धूप राख्नुहुँदैन, किनभने यो पापबलि हो। Se kapitletसरल नेपाली पवित्र बाइबल11 त्यस मानिसले एक जोर परेवा कि ढुकुर पनि ल्याउन सकेन भने त्यसले एक किलोग्राम पिठो पापबलिको लागि ल्याओस्। त्यसमाथि जैतुनको तेल वा धूप नराखोस् किनभने त्यो पापबलि हो, अन्नबलि होइन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘तर त्यो दुई वटा कलिला ढुकुर वा परेवा ल्याउन पनि आर्थिक रूपमा असक्षम छ भने त्यसले आफ्नो पापका लागि पाप शुद्धीकरण बलिस्वरूप एपाको दशौँ भाग मसिनो पिठो ल्याओस्। त्यो पाप शुद्धीकरण बलि भएको हुनाले त्यसले त्यसमा जैतुनको तेल र धूप नराखोस्। Se kapitlet |