लेवीहरू 25:10 - पवित्र बाइबल10 तिमीहरूले पचासौं बर्षलाई विशेष बर्षको रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 पचासौँ वर्षलाई पवित्र मान्नू, र सारा देशका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। त्यो तिमीहरूका लागि पुनर्स्थापनको वर्ष होस्, र हरेक मानिस आफ्नो जग्गाजमिन र आफ्नो परिवारमा फर्कोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल10 यसरी तिमीहरूले पचासौँ वर्ष अलग छुट्ट्याउनू र सबै देशबासीहरूलाई स्वतन्त्रताको घोषणा गरिदिनू। त्यस वर्ष बिक्री भएका सारा सम्पत्तिहरू तिनका पहिलेका मालिकहरू वा तिनका सन्तानलाई फर्काइदिनू। अनि कमारा बनाएर बेचिएको जो छ, त्यो आफ्नो परिवारमा फर्की जाओस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ। Se kapitlet |