लेवीहरू 24:3 - पवित्र बाइबल3 परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुन्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुन्जेलसम्म सधैँ चलिरहनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 भेट हुने पालमा गवाहीको पर्दादेखि बाहिर परमप्रभुको सामु साँझदेखि बिहानसम्म हारूनले ती बत्तीहरू निरन्तर रेखदेख गरोस्। यो तिमीहरूका पुस्तौँ-पुस्तौँका लागि अनन्तको विधि होस्। Se kapitletसरल नेपाली पवित्र बाइबल3 हरेक बेलुका हारूनले ती जलाउनेछ र बिहानसम्म बालिराख्नेछ। हारूनले ती पानस करारको सन्दुकको सामुन्ने पर्दाको बाहिरपट्टि, जो महा-पवित्र स्थान हो, परमप्रभुको उपस्थितिमा बाल्नेछ। यो नियम सदाकालको निम्ति मान्नुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ। Se kapitlet |