लेवीहरू 20:3 - पवित्र बाइबल3 म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्याउनेछु। किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 त्यसले आफ्नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु। Se kapitletसरल नेपाली पवित्र बाइबल3 यदि कसैले आफ्नो एउटा बालक मोलेखलाई दिएर मेरो पवित्र पाल अशुद्ध पार्यो अनि मेरो पवित्र नामको अनादर गर्यो भने म त्यसको विरुद्धमा खडा हुनेछु र त्यसलाई मेरो जन ठान्नेछैनँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ। Se kapitlet |