लेवीहरू 13:52 - पवित्र बाइबल52 त्यो ढुस्सी लागेको वस्तु चाहे ऊनी, सूती अथवा छाला जे सुकैले बनिएको होस्, यदि त्यसमा ढुस्सी फैलिएको पाए त्यो वस्तु नै आगोमा जलाउनुपर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण52 तब त्यो ढुसी लागेको लुगा, ताना, ऊनी, सूती अथवा छालाको कुनै वस्तु भए पनि पूजाहारीले त्यो जलाइदेऊन्, किनभने त्यो कुहाउने ढुसी हो। त्यो आगोमा जलाइओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल52 पूजाहारीले त्यसलाई जलाउनेछ किनभने त्यो फैलँदै जाने ढुसी हो, जसलाई आगोले भस्म गर्नुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण52 त्यसले ढुसी परेका लुगा अथवा तुनेका अथवा बुनेका ऊनी वा सुती सामग्री अथवा छालाका कुनै पनि चीजलाई जलाइदेओस्। किनकि त्यो कुहाउने ढुसी हुनाले, त्यो चीज जलाइनुपर्छ। Se kapitlet |