लेवीहरू 12:7 - पवित्र बाइबल7 त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 पूजाहारीले परमप्रभुको सामुन्ने ती चढ़ाएर त्यसको निम्ति प्रायश्चित गर्नेछन्। अनि त्यो आफ्नो रगत-प्रवाहबाट शुद्ध ठहरिनेछे। “‘स्त्रीले छोरा वा छोरी जन्माएपछि त्यसको लागि विधिहरू यी नै हुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 पूजाहारीले त्यसको बलिदान परमप्रभुकहाँ चढाउनेछ र त्यसको चोख्याउने विधि पालन गर्नेछ र त्यो रीतिअनुसार शुद्ध हुनेछे। सुत्केरी भएपछि एउटी स्त्रीले त्यसो गर्नुपर्नेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे। “ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्। Se kapitlet |