विलाप 1:4 - पवित्र बाइबल4 सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दु:खी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन्। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पार्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 सियोन जाने बाटोहरूले विलाप गरिरहेका छन्, किनभने ठहराइएका चाड़हरूमा कोही पनि आउँदैन। त्यसका सबै मूल ढोकाहरू उजाड़ छन्, त्यसका पूजाहारीहरू सुस्केरा मार्दछन्। त्यसका कुमारीहरू दु:खित छन्, अनि त्यो कठोर वेदनामा छ। Se kapitletसरल नेपाली पवित्र बाइबल4 अब पवित्र दिनहरूमा आराधना गर्न मन्दिरमा कोही पनि आउँदैन। केटीहरूले त्यहाँ दु:खका गीत गाउँदछन् र पूजाहारीहरूले सुस्केरा मात्र मार्दछन्। सहरका मूल-ढोकाहरू रित्ता भएका छन् र सियोनचाहिँ वेदनामा परेको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सियोनमा जाने बाटोहरूले शोक गर्छन्; किनकि त्यसका तोकिएका चाडहरूमा कोही पनि आउँदैनन्। त्यसका सबै मूलढोकाहरू उजाड भएका छन्; त्यसका पुजारीहरू सुस्केरा हाल्छन्, त्यसका जवान केटीहरू शोक गर्छन्; अनि त्यो कठोर वेदनामा छे। Se kapitlet |