विलाप 1:1 - पवित्र बाइबल1 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नितान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएकी छे। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएकी छे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 मानिसहरूले भरिएको सहर अब कस्तो सूनसान भयो। त्यो त एक विधवाजस्तो भएको छ। जो एक पल्ट जाति-जातिहरूमा महान् र प्रदेशहरूमा राजकुमारीजस्तै थियो, अब त्यो दासत्वमा परेको सहर भएको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल1 एक समय मानिसहरूले भरिएको यरूशलेम, अब कस्तो सुनसान भएको छ! एक समय संसारले इज्जत गरेको, अब त्यो विधवाजस्तै भएको छ; सहरहरूकी राजकुमारी दासत्वमा परेकी छे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक समय मानिसले भरिएको त्यो सहर, अहिले कस्तो सुनसान भएको छ! त्यो सहर एक समयमा राष्ट्रहरूको बीचमा महान् राजकुमारी थिई, अहिले त्यो विधवाजस्ती भएकी छे! प्रदेशहरूको बीचमा त्यो रानीजस्ती थिई, अहिले दासत्वमा परेकी छे। Se kapitlet |