योनाको पुस्तक 1:14 - पवित्र बाइबल14 यसकारण, मानिलहरूले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकार्दै कराए, “हे परमप्रभु! हामी बिन्ती गर्दछौं, यस मानिसको ज्यानको सट्टामा हाम्रो ज्यान नलिनुहोस्। हे परमप्रभु! यी सबैका लागि तपाईं नै जिम्मेवार हुनुहुन्छ। यी सबै तपाईंले गराउनुभएको हो।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।” Se kapitlet |