Online Bibel

- Annoncer -




यर्मिया 5:17 - पवित्र बाइबल

17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू तलवारले नष्ट पर्नेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू नष्ट पर्ने छन् जसमा तिमीहरू भरोसा गर्थ्यौ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निलिहाल्‍नेछन्, र तिमीहरूका छोराछोरीहरूलाई पनि निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका भेड़ाबाख्रा र गाई-गोरुहरू निलिहाल्‍नेछन्‌। तिनीहरूले तिमीहरूका दाख र अञ्‍जीरहरू खाइहाल्‍नेछन्‌। तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्‍ला भएका सहरहरू तिनीहरूले तरवारले नष्‍ट पार्नेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले तिमीहरूका अन्‍न र खाने कुराहरू खाइहाल्‍नेछन्, तिमीहरूका छोरा-छोरीहरूका प्राण लिनेछन्। तिमीहरूका भेडा-बाख्राहरू र गाई-वस्‍तुहरू निलिहाल्नेछन् र तिमीहरूका दाख र नेभाराका बोटहरू नाश पार्नेछन्। तिमीहरूले भरोसा राखेका पर्खाल लाएका सहरहरू नष्‍ट गर्नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले तिमीहरूका फसल र खानेकुरा निल्नेछन्; तिमीहरूका छोराछोरीहरूलाई निल्नेछन्; तिनीहरूले तिमीहरूका भेडाबाख्राका बगालहरू र गाईबस्तुका बथानहरू निल्नेछन्; तिमीहरूका दाखका बोटहरू र नेभाराका रूखहरू नष्‍ट गरिदिनेछन्। तिमीहरूले भरोसा गरेका सुदृढ सहरहरूलाई, तिनीहरूका तरवारद्वारा नष्‍ट गरिदिनेछन्।

Se kapitlet Kopi




यर्मिया 5:17

Følg os:

Annoncer


Annoncer