यर्मिया 4:10 - पवित्र बाइबल10 तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!” Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 तब मैले भनें, “हाय, परमप्रभु परमेश्वर, हाम्रा घिच्रैमा तरवार आइलाग्दा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर तपाईंले यस प्रजा र यरूशलेमलाई पूरै धोका दिनुभएको छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल10 तब मैले भनें, “सार्वभौम परमप्रभु, तपाईंले यरूशलेमका मानिसहरूलाई पूरा छल्नुभएछ! तपाईंले तिनीहरूलाई शान्ति हुनेछ भन्नुभएको थियो तर तिनीहरूका घाँटीमा तरवार तेर्सिएको छ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!” Se kapitlet |