यर्मिया 3:13 - पवित्र बाइबल13 तिमीले आफ्नो खराब काम स्वीकार गर्नु पर्छ। तिमीले परमप्रभु आफ्ना परमेश्वरको विरुद्ध अपराध गरेका छौ। प्रत्येक हरियो रूखमुनि तिमीले पराई देवताहरू पुज्यौ। तिमीले मेरो कुरा सुनेका छैनौं।’” यो सन्देश परमप्रभुबाट आएको हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण13 केवल, तँ, परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा बागी भइस्, र हरेक झ्याम्म परेको रूखमुनि पराई देवताहरूलाई तेरो निगाह देखाइस्, र तैंले मेरो आज्ञापालन गरिनस् भनी आफ्नो दोष स्वीकार गर्’,” परमप्रभु भन्नुहुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल13 तैँले म, परमप्रभु परमेश्वरको विरुद्धमा उठेको र मेरा आज्ञा नमानी हरेक हरियो रूखमुनि पराई देवी-देवताहरूसित व्यभिचार गरेको दोष मानिली। म, परमप्रभु बोलेको छु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तैँले आफ्नो दोष मात्र स्वीकार गर्, तँ याहवेह तेरा परमेश्वरको विरुद्धमा विरोधी भएकी छेस्; अनि तैँले आफ्नो प्रेम हरेक झ्याम्म परेको रूखमुनि विदेशी देवी-देवताहरूलाई बाँडिदिएकी छेस्; अनि मेरा आज्ञापालन गरेकी छैनस्,’ याहवेह घोषणा गर्नुहुन्छ।” Se kapitlet |