यर्मिया 2:31 - पवित्र बाइबल31 यस पुस्ताका मानिसहरू, परमप्रभुको सन्देश तर्फ ध्यान देऊ। “के म इस्राएली मानिसहरूको लागि मरुभूमि जस्तै भएको थिएँ? के म तिनीहरूका लागि अन्धकार र डरलाग्दो भूमि भएको थिएँ? मेरा मानिसहरू भन्छन्, ‘हामी आफ्नो बाटोमा जान स्वतन्त्र छौं। हामी तपाईंकहाँ फर्की आउने छैनौं प्रभु।’ किन तिनीहरूले त्यस्ता कुराहरू भन्छन्? Se kapitletनेपाली नयाँ संशोधित संस्करण31 “हे यस पुस्ताका मानिस हो, परमप्रभुको वचनमा विचार गर। के म इस्राएलीको निम्ति एक मरुभूमि अथवा बाक्लो अन्धकारको देश भएँ र? किन मेरो प्रजाले यसो भन्छ, ‘हामी घुम्नलाई स्वतन्त्र छौं, हामी तपाईंकहाँ फेरि कहिल्यै आउनेछैनौं’? Se kapitletसरल नेपाली पवित्र बाइबल31 यो पुस्ताका इस्राएलका मानिसहरू हो, मेरा कुरामा कान थाप। के म तिमीहरूको निम्ति एउटा मरुभूमि अथवा अन्धकारको देशजस्तै भएँ? तब किन तिमीहरू हामी आफू खुसी गर्नेछौं र फेरि तपाईंकहाँ आउनेछैनौं भन्छौ? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “यस पुस्ताका मानिसहरू, तिमीहरूले याहवेहको वचन विचार गर: “के म इस्राएलका निम्ति मरुभूमि अथवा घोर अन्धकारको देशजस्तै भएको छु? किन मेरा मानिसहरूले यसो भन्छन्, ‘हामी आफूखुशी गर्न स्वतन्त्र छौँ; हामी तपाईंकहाँ फेरि फर्केर आउनेछैनौँ?’ Se kapitlet |