यर्मिया 2:23 - पवित्र बाइबल23 “हे यहूदाका मानिसहरू हो! तिमीहरूले कसरी मलाई भन्न सक्छौ, ‘म मैला छैन, मैले बाल मूर्तिहरू पूजेको छैन।’ तिमीहरूको कर्महरूलाई बेंसीमा हेर। तिमीहरूले जे गरेका छौं त्यो स्वीकार गर। तिमीहरू यता र उता दगुर्ने फुर्तिला ऊँटहरू जस्ता छौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 “‘म बिटुलो भएको छैनँ, र म बाल देवताहरूको पछि लागेको छैनँ,’ भनी तैंले कसरी भन्न सक्छस्? हेर, बेँसीमा तैंले कस्तो व्यवहार गरिस्? त्यहाँ तैंले के गरिस् सो विचार गर्। वेगले यताउता कुदिहिँड्ने तँ चञ्चली जवान ऊँट! Se kapitletसरल नेपाली पवित्र बाइबल23 मैले आफूलाई अशुद्ध पारेको छैनँ, बाल-देवतालाई पुजेको छैनँ भनी तँ कसरी भन्न सक्छस्? तैँले बेसीमा पाप गरेको थिइस् र के-के गरेको थिइस्, ती हेर्। उत्तेजित भएको ऊँटझैँ छाडा भएर तँ यताउति दगुरिबस्छेस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “कसरी तैँले भन्न सक्छस्, ‘म अशुद्ध भएको छैनँ; म बाल-देवताहरूका पछि लागेको छैनँ?’ हेर्, तैँले बेँसीमा कस्तो व्यवहार गरेको थिइस्; तैँले के गरेको थिइस्, सो विचार गर्। तँ त यताउता दौडिहिँड्ने उत्तेजित ऊँटजस्तै छस्, Se kapitlet |