यर्मिया 17:11 - पवित्र बाइबल11 एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाउँछ, त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि ऊ मूर्ख बनिन्छ।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 आफूले नपारेका अण्डा ओथ्रने तित्रोजस्तै त्यो मानिस हो, जसले अन्यायसित धन कमाउँछ। त्यसको जीवनकालको आधा समयमा नै त्यस धनले त्यसलाई छोड्नेछ, र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्नेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल11 बेइमानीसित धन कमाउने मानिस त्यो चरीजस्तो हो, जसले अर्काका फुलबाट चल्ला काढ्दछे। आफ्ना जीवनकालको आधा समयमै त्यस धनले त्यसलाई छोडिजान्छ र जीवनको शेषकालमा त्यो मूर्ख ठहर्दछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 बेइमानीसाथ धन कमाउने मानिस आफूले नपारेको अण्डामा ओथ्रा बसेर चल्ला काढ्ने तित्रा चराजस्तै हुन्छ। जब तिनीहरूको आधा उमेर बितेर जान्छ, तब तिनीहरूको धनसम्पत्तिले तिनीहरूको साथ छोड्नेछ; अनि अन्त्यमा तिनीहरू मूर्ख ठहरिनेछन्। Se kapitlet |