Online Bibel

- Annoncer -




यर्मिया 15:10 - पवित्र बाइबल

10 हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दु:खी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, मजस्‍तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 हाय! हाय! मेरी आमाले किन मलाई जन्‍माइन् नि? देशका हरेक मानिससित मैले विवाद र झगडा गर्नुपर्छ। मैले कसैलाई केही ऋण दिएको छैनँ, कसैबाट केही ऋण लिएको छैनँ र पनि सबैले मलाई सराप्‍छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यर्मियाले भने, हाय म कस्तो दुःखी मान्छे हुँ। मेरी आमाले मजस्तो मानिसलाई जन्माउनुभयो! एउटा यस्तो मानिस, जससँग सारा देशले झगडा र विवाद गर्छ! मैले तिनीहरूलाई न ऋण दिएको छु, न त ऋण नै लिएको छु, तर पनि सबै मानिसहरूले मलाई सराप्छन्।

Se kapitlet Kopi




यर्मिया 15:10

Følg os:

Annoncer


Annoncer