Online Bibel

- Annoncer -




यर्मिया 14:19 - पवित्र बाइबल

19 हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौं, तर त्रास मात्र पो आउँछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 के तपाईंले यहूदालाई बिलकुलै त्‍याग्‍नुभएको छ? के तपाईंले सियोनलाई घृणा गर्नुहुन्‍छ? तपाईंले हामीलाई निको नहुने गरी किन दु:ख दिनुभयो? हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर त्रास पो आइलाग्‍छ!

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 हे परमप्रभु, के तपाईंले यहूदालाई बिलकुलै त्‍याग्‍नुभयो? के तपाईं सियोनका बासिन्‍दाहरूलाई तुच्‍छ ठान्‍नुहुन्‍छ? किन तपाईंले हामीलाई निको नहुने गरी चोट लाउनुभयो? हामीले त शान्‍ति खोजेका थियौं तर केही भलो कुरो पाएनौं। निको हुने समयको आशा गरेका थियौं तर आतङ्क पो आइलाग्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे परमेश्‍वर, के तपाईंले यहूदालाई पूर्ण रूपले त्याग्नुभएको छ? के तपाईंले सियोनलाई तुच्छ ठान्‍नुहुन्छ? किन तपाईंले हामीलाई निको नहुने गरी यति धेरै घाइते पार्नुभएको छ? हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन; निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्कित मात्र भएका छौँ।

Se kapitlet Kopi




यर्मिया 14:19

Følg os:

Annoncer


Annoncer