Online Bibel

- Annoncer -




यर्मिया 14:14 - पवित्र बाइबल

14 तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको हैन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 तब परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले त मेरो नाउँमा झूटा अगमवाणी कहिरहेछन्‌। मैले तिनीहरूलाई पठाएको होइनँ, मैले तिनीहरूलाई नियुक्त गरेको होइनँ, अथवा म तिनीहरूसित बोलेको होइनँ। तिनीहरूले त तँलाई झूटा दर्शनहरू, मन्‍त्रतन्‍त्रहरू, मूर्तिपूजाहरू र आफ्‍नै मनका छकाउने कुराहरूका अगमवाणी कहन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 तर परमप्रभुले मलाई जवाफ दिनुभयो, “अगमवक्ताहरूले मेरो नाममा झूटो कुरा बोल्‍दै छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूसित एक वचन बोलेको पनि छैनँ, नत कुनै आज्ञा दिएको छु। तिनीहरूले मैले दिंदै नदिएको झूटो दर्शनबारे बोल्‍दछन्। तिनीहरूका मनका व्‍यर्थका कल्‍पना, दर्शन र जोखना मात्रले तिनीहरूले अगमवाणी बोल्‍दछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब याहवेहले मलाई भन्‍नुभयो, “ती अगमवक्ताहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। मैले न तिनीहरूलाई पठाएको हुँ, न त नियुक्त नै गरेको हुँ, न त तिनीहरूसँग नै बोलेको छु। तिनीहरूले तिमीहरूसँग आफ्नै मनका झूटा दर्शनहरू, तन्त्रमन्त्रहरू, मूर्तिपूजाहरू र मनका भ्रमात्मक कुराहरू अगमवाणी गरिरहेका छन्।

Se kapitlet Kopi




यर्मिया 14:14

Følg os:

Annoncer


Annoncer