यर्मिया 13:16 - पवित्र बाइबल16 परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउँनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर, यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउँनु हुनेछ। उहँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण16 उहाँले अन्धकार ल्याउन अघि नै, साँझको अँध्यारोमा डाँड़ाहरू हुँदो तिमीहरूका खुट्टा ठेस लाग्न अघि नै परमप्रभु आफ्ना परमेश्वरलाई महिमा देओ। तिमीहरूले उज्यालोको आशा गर्छौ, तर उहाँले त्यसलाई अँध्यारोमा परिणत गरेर घोर अन्धकार बनाउनुहुनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल16 उहाँले अन्धकार ल्याउनु, सामुन्नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्न लाउनु र तिमीहरूले आशा गरेको ज्योतिलाई उहाँले अन्धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण16 परमेश्वरले अन्धकार ल्याउन अगि, अँध्यारो डाँडाहरूमा तिमीहरूका खुट्टाहरू ठेस खानुभन्दा अगि, याहवेह तिमीहरूका परमेश्वरलाई महिमा देओ। तिमीहरू उज्यालोको आशा गर्दछौ, तर उहाँले ज्योतिलाई घोर अन्धकारमा बदली दिनुहुनेछ; अनि त्यसलाई गहिरो अन्धकार तुल्याइदिनुहुनेछ। Se kapitlet |