यर्मिया 12:3 - पवित्र बाइबल3 तर हे परमप्रभु तपाईं मेरो हृदयलाई चिन्नु हुन्छ। तपाईंले मलाई देख्नु भएको छ अनि मेरो मनलाई जाँच्नु भएको छ। तिनीहरूलाई थुमाहरूलाई कसाइले अघि ताने झैं तान्नुहोस्। हत्या गरिने दिनको लागि तिनीहरूलाई अलग राख्नु होस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 तापनि हे परमप्रभु, तपाईं मलाई जान्नुहुन्छ, तपाईं मलाई देख्नुहुन्छ, र तपाईंसम्बन्धी मेरा विचारहरूलाई जाँच्नुहुन्छ। मार्नलाई लैजाने भेड़ाहरूलाई झैँ तिनीहरूलाई तान्दै लानुहोस्, र मारिने दिनको लागि ती अलग राख्नुहोस्! Se kapitletसरल नेपाली पवित्र बाइबल3 तर परमप्रभु, तपाईंले मलाई जान्नुहुन्छ; मेरा काम देख्नुहुन्छ र तपाईंप्रतिको मेरो प्रेम बुझ्नुहुन्छ। यी दुष्ट मानिसहरूलाई मार्न लगेका भेडाहरूझैँ लैजानुहोस् र मार्ने दिनसम्म तिनीहरूलाई छुट्ट्याइराख्नुहोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर हे याहवेह, तपाईंले मलाई जान्नुहुन्छ; तपाईंले मलाई देख्नुहुन्छ र तपाईंप्रतिका मेरा विचारहरू जाँच्नुहुन्छ। तिनीहरूलाई काट्न लगिएका भेडालाई जस्तै तानेर लैजानुहोस्! तिनीहरूलाई मारिने दिनको निम्ति अलग गर्नुहोस्! Se kapitlet |