यर्मिया 10:7 - पवित्र बाइबल7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन्, तर तपाईं समान कोही पनि ज्ञानी छैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्मान गर्नुपर्दैन र? तपाईं यसका योग्य हुनुहुन्छ। जाति-जातिका बुद्धिमान् मानिसहरूमध्ये र उनीहरूका जम्मै राज्यहरूमा तपाईंजस्तै कोही पनि छैन। Se kapitletसरल नेपाली पवित्र बाइबल7 हे जाति-जातिका राजा, कसले तपाईंको आदर गर्दैन र? तपाईं आदरयोग्य हुनुहुन्छ। जाति-जातिका ज्ञानी मानिसहरू अथवा उनीहरूका राजाहरूमध्ये कोही पनि तपाईंजस्तो छैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे राष्ट्रहरूका राजा, तपाईंसँग कोचाहिँ डराउँदैन र? किनकि तपाईं आदरयोग्य हुनुहुन्छ। राष्ट्रहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूमा तपाईंजस्तो अरू कोही छैन। Se kapitlet |