Online Bibel

- Annoncer -




उपदेशक 8:14 - पवित्र बाइबल

14 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 संसारमा केही अर्को एउटा व्‍यर्थको कुरा हुँदैछ: दुष्‍टले पाउनुपर्ने दण्‍ड धर्मीले पाउँछ, र धर्मीले पाउनुपर्ने इनाम दुष्‍टले पाउँछ। म भन्‍दछु, यो पनि व्‍यर्थ हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 संसारमा के भइरहेछ, सो हेर, कहिलेकहीँ दुष्‍टले पाउनुपर्ने दण्‍ड धर्मीले पाउँदछ र धर्मीका कामको इनाम दुष्‍टले पाउँदछ। म त भन्‍छु कि यो पनि व्‍यर्थ छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसबाहेक पृथ्वीमा हुने अर्को अर्थहीन कुरा छ: अधर्मीले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ, र धर्मीले पाउनुपर्ने पुरस्कार अधर्मीले पाउँदछ; मैले भनेँ, यो पनि अर्थहीन छ।

Se kapitlet Kopi




उपदेशक 8:14

Følg os:

Annoncer


Annoncer