उपदेशक 7:26 - पवित्र बाइबल26 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 त्यही स्त्री जो एउटा पासो छे, त्यसलाई मृत्युभन्दा तीतो मैले भेट्टाएँ। त्यसको हृदय धराप र त्यसका हातहरूचाहिँ साङ्लाका बन्धन हुन्। जुन मानिसले परमेश्वरलाई खुशी पार्छ, त्यो त्यसबाट बाँच्नेछ, तर पापीलाई त्यसले पासोमा पार्छे। Se kapitletसरल नेपाली पवित्र बाइबल26 मैले मृत्युभन्दा अझ तीतो कुराको पत्ता लगाएँ: त्योचाहिँ एउटी स्त्री हो, जो पासोजस्तै हो। त्यसको मायाले तिमीलाई जालले जस्तै फसाँउछ र त्यसका हातले साङ्लाझैँ तिमीलाई बाँध्छ। परमेश्वरलाई खुसी तुल्याउने मानिस त्यस फन्दाबाट बाँच्दछ तर पापी त्यसका हातमा पक्राउ पर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 मैले यो पत्ता लगाएँ, मृत्युभन्दा तितो त्यो स्त्री हो, जो एक पासोजस्तै हो; जसको हृदय एउटा धराप र जसका हात साङ्लो हो। परमेश्वरलाई प्रसन्न तुल्याउने व्यक्ति यस्तो स्त्रीबाट उम्कनेछ, तर पापीलाई त्यसले जालमा पार्नेछे। Se kapitlet |