Online Bibel

- Annoncer -




उपदेशक 5:8 - पवित्र बाइबल

8 कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 यदि तिमीले एउटा जिल्‍लामा गरीबहरूको अत्‍याचार भएको र तिनीहरूका न्‍याय र हक इन्‍कार भएको देख्‍यौ भने अचम्‍म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्‍छ, र तीभन्‍दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 देशमा अधिकारीहरूले गरीबमाथि अत्‍याचार गरेको, तिनीहरूको हक खोसेको र अन्‍याय गरेको देख्‍यौ भने अचम्‍म नमान्‍नू किनभने हरेक अधिकारीलाई ऊमाथिको अधिकारीले हेर्दछ र ती दुवैलाई अझ ठूलो अधिकारीले हेर्दछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यदि तिमीले कुनै प्रान्तमा गरिबमाथि अत्याचार भएको, त्यसको अधिकार र न्याय इन्कार गरिएको देख्यौ भने अचम्म नमान; किनकि एक अधिकारीमाथि रेखदेख गर्न अर्को ठूलो अधिकारी खटाइएको हुन्छ, र ती सबैमाथि नजर राख्न अझ ठूलो अधिकारी खटाइएको हुन्छ।

Se kapitlet Kopi




उपदेशक 5:8

Følg os:

Annoncer


Annoncer