व्यवस्था 1:41 - पवित्र बाइबल41 “तब तिमीहरूले भन्यौ, ‘मोशा, हामीले परमप्रभु अघि पाप गरेका छौं। तर अब हामी परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अघि आदेश गरे अनुसार लडाइँ गर्नेछौं।’ “तिमीहरूले पहाडी देशमा आक्रमण गर्ने तयारी शुरू गर्यौ अनि तिमीहरू सबैले आफ्नो हतियारहरू भिर्यौं। Se kapitletनेपाली नयाँ संशोधित संस्करण41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्नेछौं।” यस पहाड़ी देशमा उक्लनु सहज कुरो ठानेर तिमीहरू प्रत्येकले आ-आफ्ना हतियार भिर्यौ। Se kapitletसरल नेपाली पवित्र बाइबल41 “तिमीहरूले जवाफ दियौ, ‘मोशा! हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं। तर अब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएअनुसार हामी आक्रमण गर्नेछौं।’ अनि तिमीहरू एक-एक जनालाई पहाडी देशमाथि हमला गर्न सजिलो हुनेछ भन्ठानी लडाइँ गर्नलाई तयार भयौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्यौ। Se kapitlet |