कलस्सी 1:9 - पवित्र बाइबल9 तिमीहरूको बारेमा यी सब कुराहरू हामीले सुनेको दिनदेखि, हामी तिमीहरूकोलागि लगातार प्रार्थना गरिरहेका छौं। हामी निम्नलिखित कारणहरूकोलागि प्रार्थना गर्छौं: परमेश्वरको इच्छा अनुसार जम्मै कुराहरूमा तिमीहरूको परिपक्क ज्ञान होस्, आत्मिक कुराहरू बुझ्नलाई ज्ञान र शक्ति बढोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 यसैकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोड़ेका छैनौं, Se kapitletसरल नेपाली पवित्र बाइबल9 यो कुरा सुनेदेखि नै हामीले तिमीहरूको लागि सधैँ प्रार्थना गर्दैआएका छौं। पवित्र आत्माले दिने पूरा ज्ञान र समझले परमेश्वरको पूरा इच्छा जान भन्ने नै हाम्रो प्रार्थना छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौँ। हामी निरन्तर बिन्ती गरिरहेका छौँ, कि परमेश्वरले तिमीहरूलाई आत्माले दिइने समझशक्ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, Se kapitlet |