कलस्सी 1:6 - पवित्र बाइबल6 संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्यतामा परमेश्वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्यसरी नै काम गरिरहेछ, Se kapitletसरल नेपाली पवित्र बाइबल6 यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्याउँदै बढिरहेछ। त्यसरी नै तिमीहरूले परमेश्वरको अनुग्रहको विषयमा सत्य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ। Se kapitlet |