प्रेरित 1:24 - पवित्र बाइबल24-25 प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुइजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ। यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्, Se kapitletसरल नेपाली पवित्र बाइबल24-25 तिनीहरूले यसरी प्रार्थना गरे, “हे प्रभु, तपाईंले सबै मानिसको हृदयमा भएको कुरा जान्नुहुन्छ। यसकारण प्रभु, हामीलाई देखाउनुहोस्, यी दुईमध्ये प्रेरित भएर सेवा गर्न तपाईंले कसलाई चुन्नुभएको छ। कारण यहूदाले चाहिँ यस कामलाई छोडेर जहाँको थियो, त्यही ठाउँमा गयो।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 अनि तिनीहरूले प्रार्थना गरे, “प्रभु, तपाईं सबै मानिसहरूका हृदयका कुरा जान्नुहुन्छ। यी दुईमध्ये कसलाई तपाईंले छनौट गर्नुभएको छ, हामीलाई देखाइदिनुहोस्। Se kapitlet |