२ तिमोथी 1:9 - पवित्र बाइबल9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो, Se kapitletसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले नै हामीलाई बचाएर आफ्नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्नै विचारले र अनुग्रहले परमेश्वरले हामीलाई आफ्नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्टिभन्दा अघि नै हामीलाई ख्रीष्ट येशूले यो अनुग्रह दिनुभएको हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्ट येशूमा दिइएको थियो। Se kapitlet |