२ पत्रुस 1:10 - पवित्र बाइबल10 मेरा भाइ-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरू बोलाइएका हौ औ आफ्नो मानिसहरू बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरूले ती सबै कुराहरू मान्यौ भने तिमीहरू कहिल्यै ढल्ने छैनौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण10 यसैकारण भाइ हो, तिमीहरूको बोलावट र चुनाउ निश्चय गर्नलाई अझ जोशिला होओ, किनकि यी कुरा गर्नाले तिमीहरू कहिल्यै लोट्नेछैनौ। Se kapitletसरल नेपाली पवित्र बाइबल10 यसैकारण दाजुभाइहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनुभएको र चुन्नुभएको अनुभवलाई पक्का गर्ने कोसिस गर। तिमीहरूले यसो गर्यौ भने आफ्नो विश्वास कहिल्यै त्याग्नेछैनौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू आफ्नो बोलावट र छनौटलाई निश्चित गर्न उत्सुक बन; किनकि तिमीहरूले यी कुरा गर्यौ भने तिमीहरू कहिल्यै पापमा पर्नेछैनौ; Se kapitlet |