२ यूहन्ना 1:7 - पवित्र बाइबल7 यो संसारमा अनेकौं झूटो शिक्षकहरू छन्। यी झूटो शिक्षकहरूले येशू ख्रीष्ट पृथ्वीमा मानवको रुपमा आउनु भएको अस्वीकार गर्छन्। मानिस जो यो कुरा अस्वीकार गर्छ ऊ झूटो शिक्षक अनि ख्रीष्ट विरोधी हो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो। Se kapitletसरल नेपाली पवित्र बाइबल7 ‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो। Se kapitlet |